प्रदेश सभाको बैठक २ घण्टालाई स्थगित, नाम राख्न आजै मतदान

विराटनगर । प्रदेश सभाको बैठक २ घण्टाको लागि स्थगित भएको छ । प्रदेश १ को नामाकरणको विषयमा छलफल सकिएपछि त्यस बारेमा संशोधन हाल्नको लागि बैठक २ घण्टाको लागि स्थगित भएको सभामुख बाबुराम गौतमले प्रदेश सभालाई जानकारी गराए ।

प्रदेश १ को नामाकरण टुंगो लगाउन प्रदेश सभाको बैठक दिउँसोदेखि बसेको थियो । नामको बारेमा प्रस्तावक रामबहादुर मगरले सदनमा उठेको प्रश्नको जवाफ दिएपछि बैठक २ घण्टाको लागि स्थगित गरिएको हाे ।

यो २ घण्टाको बिचमा सांसदहरूले संशोधन प्रस्ताव हाल्न पाउने व्यवस्था छ । २ घण्टापछि बस्ने प्रदेश सभाको बैठकले प्रदेश १ को नाममा मत विभाजन गर्ने छ ।

मतको आधारमा दुई तिहाई मत प्राप्त गरेपछि प्रदेश सभाबाट प्रदेश १ ले नाम पाउने कानुनी व्यवस्था छ। प्रदेश सभाको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले कोशी नामलाई स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *