उपसभामुखकाे असन्तुष्टि : ३३ हजार घरभाडा दिएका छन्, ४४ हजार तिरिरहेकी छु

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले उपसभामुखले पाउनुपर्ने कतिपय सुविधा अझै आफूलाई दिन सरकारले आनाकानी गरेको बताइन् ।

‘सांसद हुँदा त मैले त्यति वास्ता गरिँन,’ उनले भनिन्, ‘उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरि थुप्रै सुविधा रहेछन् । उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ ।’

पुरुषले महिलालाई र ठूलो पार्टीले सानो पार्टीलाई गर्ने व्यवहार अहिले पनि हेपाहा प्रवृत्तिको भएको र यस्तो हुनु पनि भ्रष्टाचार भएको उनको भनाइ छ ।

‘यहाँ जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुन्छ । यो भ्रष्टाचार होइन ?,’ उनले भनिन् ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *