घर ब्यवहारले गाँजेका जनपक्षीय नेता नवल केमीलाई खोज्दै एमाले

सेल्टर दिनेलाई सम्मान

विराटनगर । वाथ रोगले थलिएका छन् उनी । तर हरेक दिन उनी घाँस काट्छन् ।, गाईको भकारो सोहोरछन् र धन्दा पात गर्छन् । उनी अर्थात नवलकेमी राई । उनी २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा इलामबाट निर्वाचित जनपक्षिय सांसद हुन्।

त्यो बेला निर्दलको विपक्षमा बोल्नु गाह्रो थियो । यही गाह्रोको बिचमा पनि उनले पञ्चहरुलाई हराए । उनी जनपक्षिय उमेद्वारको रुपमा उठ्दै विजयी भए । त्यो निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्य जित्ने ५ जना मात्रै जनपक्षिय उमेद्वार थिए । पद्मरत्न तुलाधार, द्रोणप्रसाद आचार्य, जागृत प्रसाद भेट्वाल र सोमनाथ प्यासी अधिकारीसँगै नवलकेमी राईले पनि चुनाव जितेका थिए ।

जनपक्षिय उमेद्वारको रुपमा त्यो बेला रापस जितेका अन्य नेताहरु बहुदलपछि देशका बिभिन्न अहोदामा पुगे । सोमनाथ अधिकारी प्यासी प्रदेश नम्बर १ को दोश्रो प्रदेश प्रमुख भए ।

तर राष्ट्रिय पञ्चायतमा जनताको पक्षमा वकालत गर्ने नवल भने बहुदलसँगै गुमनाम छन् । २०४५ सालदेखि नै बाथ रोगले थलिएका राईलाई एमालेले शुरु गरेको ग्रास रुट अभियानले खोजि ग¥यो । उनी इलामको चुलाचुली गाँउपालिका साक्फारामा बस्छन् । ग्रासरुट अभियान चुलाचुली गाँउपालिकाका संयोजक तथा एमालेका केन्द्रिय सदस्य रविन कोइरालाले पार्टीलाई योगदान गरेकाहरुको खोजी अभियानमा पार्टी लागेको बताए ।

उनले चुलाचुलीको साक्फारामा रहेका नवलकेमी गुमनाम भएकाले पार्टी उहाँको अवस्था बुझ्न जान लागेको बताए । ‘उहाँको योगदान उच्च छ, उनले भने, उहाँको मुल्याङ्कनलाई सम्मान गर्दै पुन पार्टीमा सक्रिय बन्न अनुरोध गर्न जान लागिएको हो ।’

वि‍ सं। २००५ सालमा साक्फाराको दशमी बजारमा जन्मिएका राई साक्षर मात्रै हुन् । उनले पञ्चायती व्यवस्थाको अन्त्य गर्ने उद्देश्यले जनपक्ष मञ्च मालेबाट राजनीतिक यात्रा सुरु गरेका थिए । जब जब राजनीतिक परिवर्तन हुन्छन् त्यस्ता त्यागी नेताहरु हराउँदै जान थालेका छन् । पार्टीमा योगदान दिएका नेताहरुको खोजीको लागि अहिले चलाईएको ग्रास रुट अभियानले तिब्रता पाएको कोईराला बताउँछन् ।

सेल्टरदाता भेट्न विराटनगरका टोल-टोलमा एमाले नेता

भूमिगत कालमा पार्टीका नेताहरूलाई सेल्टर दिने सेल्टर दाताहरूको विराटनगरमा खोजी अभियान शुरु भएको छ । विभिन्न जिल्लाबाट विराटनगरमा आएर बसेका र पार्टीमा नजोडिएका सेल्टर दाताहरूलाई नेकपा एमाले विराटनगरले खोजी अभियान शुरु गरेको हो।

मिसन ग्रास रुट अभियान अन्तरगत सेल्टरदाता महानगरपालिका भित्र बसोबास गरेकाले सेल्टरदाताहरूलाई सम्मान गर्न खोजी अभियान शुरु गरिएको एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापाले बताए ।

‘धेरै जिल्लाबाट आएर विराटनगरमा सेल्टरदाताहरूलाई बस्नु भएको छ, थापाले भने, पार्टीमा जोडिसक्नु नभएको पनि हुन सक्छ पार्टी र नेतालाई अप्ठेरो अवस्थामा सहयोग गर्नेहरूलाई पार्टीले सम्मान गर्छ ।’
महानगरसँग सबैको रेकर्ड छैन । रेकर्ड राख्न र अवस्था पत्ता लगाउन पनि सेल्टरदाता खोजी अभियान थालिएको उनले बताए ।

सबैभन्दा बढी कर तिर्नेलाई सम्मान

विराटनगर महानगर पालिकामा बस्ने सबैभन्दा बढी कर तिर्नेहरूलाई पनि नेकपा एमालेले सम्मान गर्ने भएको छ। यसका लागि पार्टीले बढी कर तिर्नेहरूको पनि नामावली सङ्कलन थालेको थापाले बताए । अभियान अन्तरगत महानगरले जेष्ठनागरिक राष्ट्रका लागि योगदान दिने बिभिन्न क्षेत्रका नागरिकलाई समेत सम्मान गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *