‘कोशी’ नामकरणविरुद्ध काठमाडौंको सडकमा प्रदर्शन

काठमाडौं । कोशी प्रदेशको नामाकरणको विरोधमा काठमाडौंको सडकमा पनि प्रर्दशन भएको छ । शुक्रबार माइतीघर मण्डलामा कोशी नाम खारेजको माग गर्दे किरात राई यायोख्खाले विरोध प्रदर्शन गरेको हो ।

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदेशको अधिकांश जिल्लामा दिनँहु सडकमा प्रदर्शन भइरहेको छ । यायोक्खाको प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने गरि किरात प्रदेश नाम राख्नुपर्ने माग रहेको छ ।

फागुन १७ कालो दिन, कोशी प्रदेश मुर्दावाद, किरात प्रदेश जिन्दावाद लगायत प्लाकार्डसहित उनीहरूले प्रर्दशनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *