रेष्टुरेन्टको ६ तलामाथिबाट खस्दा माधव नेपालका भाइ सरोजको निधन
मकालु खबर
२०७९ फागुन २० गते
काठमाडौँ । शंखमुलको बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाबाट खस्दा सरोज कुमार उपाध्यायको निधन भएको छ ।
उपाध्याय शनिबार करिब २ बजे ६ तलामाथिबाट खसेका थिए । उनी माधव कुमार नेपालका भाइको हुन् ।
उनलाई सडकमा खसेपछि बाटो हिन्ने स्थानीयले देखेर सिभिल अस्पताल लगेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार सिभिल अस्पतालमा उपचार हुन नसकेपछि उनीलाई अन्नपूर्ण अस्पतालमा लगिएको थियो ।
त्यहाँ लगे लगतै उनको मृत्यु भएको बताए । तर अस्पताले आधिकारिक घोषणा गरेको छैन ।
उनी रेष्टुरेन्टमा एक्लै गएका थिए या अरूसँग गएको भन्ने बारेमा खुलेको छैन । प्रहरीका अनुसार उनी हाम फालेका हुन या अन्य केही भएको भन्ने पनि अनुसन्धान हुन बाँकि छ ।
मकालु खबर
२०७९ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित