कफी शपका सञ्चालक भन्छन्, उहाँ एक्कासि हाम फाल्नुभयो

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधव नेपालका भाइ सरोज कुमार उपाध्यायले शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको झ्यालबाट हाम फालेको खुलेको छ ।

कफी शपका सञ्चालक यादव अनुसार उपाध्याय तीन दिनदेखि त्यहाँ आउने गरेको र जहिले पनि छतमै बस्ने गरेको भन्दै आज एक्कासि हाम फालेको बताए । उनले रेष्टुरेन्टको एम्बियस राम्रो लागेर आउने गरेको बताएका थिए ।

उपाध्यायले आज आएपछि सुरुमा कफी अर्डर गरेको र करिब साढे १ बजे मम अर्डर गरेको उक्त क्याफेमा काम गर्ने एक कर्मचारीले बताए ।

उक्त घटना भने करिब २ बजे भएको थियो ।

उनको पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्यमा कुनै समस्या नभएको र आफै सवारी चलाएर उक्त क्याफे सम्म पुगेको बताइएको छ । उनी घरबाट निस्कँदा भने एक्लै निस्केका थिए ।

उनी परिवार सँगै निजी निवासमा बस्दै आएका थिए भने, उनका दुई छोरी र श्रीमती रहेका छन् ।

छोरीहरू भने अमेरिका बस्दै आएका छन् । उनी माधव नेपालका कान्छा भाइ हुन् ।

यता काठमाडौँ प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने उक्त घटनाबारे विस्तृत अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *