प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार पेशी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । यो रिटको सुनुवाईका लागि बिहीबार पेशी तोकिएको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै सर्वोच्चमा हालेको रिट निवेदन दर्ता भएको हो । यसअघि उक्त रिटलाई दरपीठ गरिएकोमा सर्वोच्चले बिहीबार दर्ता गर्न आदेश दिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डको नेतृत्वमा भएको तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जना मध्ये ५ हजार जनाको हत्याको जिम्मा आफूले लिन्छु भनेर प्रचण्डले ३ वर्षअघि दिएको अभिव्यक्तिलाई आधार बनाएर उनीविरुद्ध रिट निवेदन दर्ता गरिएको हो ।

सर्वोच्चले तत्कालीन १० वर्षे द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनका घटनालाई लिएर सर्वोच्चमा रिट दर्ता गर्न पाउने आदेश सर्वोच्चले दिएपछि तत्कालिन द्वन्द्वसँग जोडिएका माओवादीले सर्वोच्चको उक्त आदेशविरुद्ध विज्ञप्ति जारी गरेको थियो । मंगलबार पनि उक्त द्वन्द्वको नेतृत्व गरेको नेताहरुले उक्त बैठक गरेका थिए । त्यसलगत्तै सर्वोच्चमा रिट दर्ता गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *