यस्तो छ प्रचण्डविरुद्धको रिट निवेदनको पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । यो रिटको सुनुवाईका लागि बिहीबार पेशी तोकिएको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै सर्वोच्चमा हालेको रिट निवेदन दर्ता भएको हो । यसअघि उक्त रिटलाई दरपीठ गरिएकोमा सर्वोच्चले शुक्रबार दर्ता गर्न आदेश दिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डको नेतृत्वमा भएको तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार जना मध्ये ५ हजार जनाको हत्याको जिम्मा आफूले लिन्छु भनेर प्रचण्डले ३ वर्षअघि दिएको अभिव्यक्तिलाई आधार बनाएर उनीविरुद्ध रिट निवेदन दर्ता गरिएको हो ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *