सर्वोच्चलाई सभामुखको जवाफ : विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार हो
मकालु खबर
२०७९ फागुन २३ गते
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताका सन्दर्भमा परेको रिटको जवाफ पठाएका छन् ।
सर्वोच्च अदालतमा पठाइएको जवाफमा प्रमुख विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार भएको उल्लेख छ ।
‘यो विषय (प्रमुख विपक्षी दलका नेताबारे उठेको प्रश्न) निरुपण गर्न हामी सक्षम छौँ, अदालतले भनिदिइरहनु पर्दैन,’ सर्वोच्च अदालतमा पठाइएको जवाफबारे एक अधिकार भन्छन्, ‘यो संसदको विशेषाधिकार हो । यो संसदले आन्तरिक रुपमा ब्याख्या गर्ने विषय हो ।’
मकालु खबर
२०७९ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित