जनयुद्धकालीन मुद्दा टुंग्याउन ऐन र आयोग नै बन्न दिइएन : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्व माओवादी नेता एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले १० वर्षे जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको भन्दै त्यो आफूहरुलार्य सह्य नहुने बताएका छन् ।

‘हाम्रो शान्तिप्रक्रिया संविधानको एउटा अंग थियो । सत्य निरुपण तथा मेलमिलाप आयोगबाट उक्त मुद्दा टुंगोमा पु¥याउनु पर्ने थियो,’ उनले भने, ‘केही मानिसले डलरको खेती गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन बन्न नदिने, ऐन नबनेपछि आयोग गठन नहुने कारणले यो मुद्दा लम्बिएको छ ।’

उनले उक्त मुद्दा सर्वोच्च अदालतले नभई आयोगले छानविन गरी टुंग्याउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *