फुटबलर मनिष डाँगीलाई वर्ष युवा खेलाडी अवार्ड

काठमाडौँ । फुटबलर मनिष डाँगीले वर्ष युवा खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत डाँगी वर्ष युवा खेलाडी घोषित भई अवार्ड प्राप्त गरेका छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा भएको अवार्ड कार्यक्रममा मनिषलाई मंगलबार उक्त अवार्ड प्रदान गरिएको हो ।

मनिषले फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पारेर उक्त वार्ड जितेका हुन् ।

मनिषले इराकविरुद्ध उत्कृष्ट गोल, साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका छन् । उदयीमान फुटबलर मनिष मच्छिन्द्र नेपाली लिग च्याम्पियन मच्छिन्द्र क्लबबाट खेल्दै आएका छन् । मच्छिन्द्रले पनि उनकै योगदानमा गत सिजनको लिग उपाधी जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *