११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस

सडकदेखि सदनसम्म अब्बल नारी (फोटो कथा)

काठमाडौँ । महिलाको सांस्कृतिक, आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको सम्झना गर्न प्रत्येक मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

यस दिनलाई महिला अधिकार आन्दोलनको केन्द्रविन्दुको रूपमा पनि लिने गरिन्छ, जसलाई लैङ्गिक समानता, प्रजनन अधिकार र महिलाविरुद्ध हिंसा र दुर्व्यवहार जस्ता मुद्दाहरूमा समेत ध्यान केन्द्रित गराउने दिनको रूपमा लिइन्छ । सन् १९७७ मा संयुक्त राष्ट्र संघले घोषणा गरेपछि मार्च ८ लाई विश्वभरि नै नारी दिवसका रूपमा मनाउन थालिएको हो । नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।

दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । दिवसको अवसर पारेर हामीले विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा रहेका महिलाका सङ्ग्रहित तस्बिर प्रकाशन गरेका छौँ :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *