एमाले अध्यक्ष ओलीले भेटे माधव नेपाललाई
मकालु खबर
२०७९ फागुन २४ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।
अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायकाे निधनपछि अन्तिम संस्कारकाे काम हुँदै गर्दा किरियापुत्री भवनमा रहेका अध्यक्ष नेपाललाई भेट्न ओली बुधबार त्यहाँ पुगेका हुन् ।
भेटमा ओलीले परिवारजनलाई समवेदना दिएकाे उनकाे सचिवालयले जनाएकाे छ । माधव नेपालकाे भाइकाे अघिल्लाे शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टकाे छैटाैँ तलाबाट खसेर निधन भएकाे थियाे ।
संयाेग नै मान्नुपर्छ राष्ट्रपति निर्वाचनकाे दुई दिनअघि दुई अध्यक्षबीच भेट भएकाे छ । २५ फागुनका लागि तय भएकाे राष्ट्रपति निर्वाचनका लागि एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मदेवार बनाएकाे छ भने नेकपा एसले कांग्रेसबाट ८ दलीय गठबन्धनका साथ उम्मेदवार रामचन्द्र पाैडेललाई मत दिने बताइरहेकाे छ ।
मकालु खबर
२०७९ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित