राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रपतिको चुनावमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले पार्टी उक्त निर्वाचनमा तटस्थ बस्नु पर्ने माग गरेपछि बैठकले त्यही निर्णय गरेको जनाएको छ ।
भोलि बिहीबार हुन लागेको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल ९ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका छन् । नेकपा एमालेबाट भने सुवासभन्द्र नेम्बाङको उम्मेदवारी रहेको छ ।
तर, राप्रपाले राजसंस्थाको पुनस्र्थापना, हिन्दु राज्यको पुनःस्थापनाको माग राख्दै आएको छ । राज संस्था फर्काउनु पर्ने माग भएको पार्टीले राष्ट्रपतिको निर्वाचनमा भाग लिन नुहने नेताहरुले धारणा रखेका थिए ।
एमालेसहितको ७ दलीय गठबन्धनमा रहेर सरकारमा गएको राप्रपा उक्त गठबन्धन भत्किएसँग सरकारबाट बाहिरिसकेको छ ।