नेपालले पीएनजीलाई दियो सर्वाधिक ठूलो लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकम क्रिकेट लिग २ अन्तर्गत बिहीबार जारी खेलमा नेपालले पपुवा न्युगिनीसमक्ष २९८ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि ओपनर आसिफ शेखको शतकमा नेपालले पपुवा न्युगिनीलाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २ सय ९७ रन बनाएर अल आउट भयो । ओडिआई इतिहासमा नेपालले बनाएको यो सबैभन्दा उच्च अंक हो । अयअघि नेपालले ओडिआईमा सबैभन्दा बढी २ सय ८७ रन जोडेको थियो ।

आजको खेलमा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको शानदार शतक बनाए । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक पनि हो । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका हुन् ।

यो सँगै आसिफले ओडिआई करिअरको एक हजार रन पनि पूरा गरेका छन् । उनी रोहितपछि ओडिआईमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

आजको खेलमा आसिफ ३८ औँ ओभरको चौथो बलमा क्याच आउट भए ।

ओपनर कुशल भुर्तेलले ५६ बलमा ६ चौकासहित ४५ रन बनाए । मा क्याच पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गरेका थिए ।

ज्ञानेन्द्र मल्लले ११ रन जोडे ।

रोहित पौडेल र आसिफ शेखले ६७ रनको साझेदारी गरे । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ७–७ रन बनाए । आरिफ शेखले १५ रन जोडे । भीम सार्की ३८ बलमा ४ चौकासहित ४४ रनमा आउट भए ।

अन्तिम ओभरको पहिलो बलमा भीम सार्की आउट भए ।

पपुवा न्युगिनीका लागि राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । सेमो कमियाले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *