नयाँ राष्ट्रपति चुन्ने चहलपहल (तस्बिरहरू)
काठमाडौँ । आज देशले नयाँ राष्ट्रपति पाउँदै छ । नयाँ राष्ट्रपति चुन्न जनताका प्रतिनिधि अर्थात् (संघीय र प्रदेशसभा सांसदहरूले मतदाताका रूपमा नयाँ राष्ट्रपति चुन्दैछन् । उनीहरूले मतदान गरिसकेका छन् । केहीबेरमा मत गणना सुरु गर्न लागिएको छ । साँझ ७ बजेसम्म परिणाम नै घोषणा गर्ने तयारी छ । जेहोस् आजै देशले नयाँ राष्ट्रपति पाउने निश्चित छ ।
संविधानले परिकल्पना गरेकै भूमिका निर्वाह गर्ने र देशलाई अध्यक्षता गर्न सक्ने, अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपति देशले खोजेको छ । त्यसो त राष्ट्रपतिका उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुवै राष्ट्रपतिका लागि योग्यता पुग्ने छविकै नेताहरू प्रतिस्पर्धामा छन् । ७ बजेपछि आउने नतिजाले नै नयाँ राष्ट्रपति को भन्ने तय गर्ने छ ।
राष्ट्रपति चुन्न भएको निर्वाचनअन्तर्गत आजको मतदान कार्यक्रममा भने सांसदहरूको चहलपहल हेर्न लागेकै थियो ।
हेर्नुहोस् तस्बिरहरू