रामचन्द्रको जितमा अभूतपूर्व उल्लास र अंकमाल (तस्बिरहरु)
२०७९ फागुन २५ गते
काठमाडौँ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल कांग्रेससहित १० दलका सांसदको मत पाएर राष्ट्रपति निर्वाचित भएका हुन्।
विजयपछि पौडेललाई मतदान गर्ने सांसदहरू, शीर्ष दलका नेताहरू निकै प्रफुल्ल मुद्रामा प्रस्तुत भए ।
आफूले उम्मेदवार बनाएका पौडेलको जितमा गरेर पार्टी सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताले आत्मीयता देखाउँदै अंकमाल गरेर पौडेललाई बधाई तथा शुभकामना दिएका दृश्यहरू अभूतपूर्व र रोचक देखियो ।
हेर्नुहोस् तस्बिरहरू
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित