उपराष्ट्रपति आफ्नो भागमा परे नाउपाले रञ्जिता श्रेष्ठलाई उठाउने
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेकाे छ । ९ दलीय गठबन्धनमा उपराष्ट्रपतिकाे भाग पार्टीले पाए रञ्जितालाई उम्मेदवार बनाउने भएको हाे ।
सिंहदरबारमा आज शुक्रबार बिहान बसेको उन्मुक्ति संसदीय दलको बैठकले आफ्नो भागमा उपराष्ट्रपतिको पद परे अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
स्रोतले भन्यो, ‘आज ९ दलको बैठक छ । गठबन्धनमा उपराष्ट्रपति जसपाको भागमा परेको थियो । तर निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायकाे हुनुपर्ने उल्लेख गरेकाे छ । यसो गर्दा हाम्रो भागमा पर्ने सम्भावना छ । हाम्रो पार्टीले अध्यक्ष ज्यू पठाउने निर्णय गरेको छ । अब ९ दलको बैठक बसेर निर्णय होला ।’
तर उनको उमेर उपराष्ट्रपतिको उम्मेदवार बन्न नपुग्ने देखिएको छ । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।
निर्वाचन आयोगको विवरणमा उनको जन्म २०३९ सालको फागुन ७ गते छ ।
याे पनि