प्रतिक्रियावादीको सेवामा समर्पित हुन पार्टी फुटाएर चोइटो बुझाए : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई लक्षित गर्दै प्रतिक्रियावादीको सेवामा समर्पित हुन एमाले पार्टी फुटाएर चोइटो बुझाएाके आरोप लगाएका छन् ।

एमाले खेलकुद महासंघको नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

एमालेबाट अलग भई नेकपा एकीकृत समाजवादी गठन गरेका उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम उल्लेख नगरी उनलाई लक्षित गर्दै ओलीले आरोप लगाएका हुन् ।

‘विधि र प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा सर्मपित भएर पार्टी फुटाएर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे,’ उनले भने, ‘तर, तिनीहरुले वास्तविक सफलता प्राप्त गर्न सकेनन् ।’

दुई तिहाइ नजिक पुगेको नेकपा पनि फुटाएको उनको आरोप छ ।

‘हामीले हाम्रो आन्दोलनमा देखेका छौँ, फउड खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए,’ उनले भने, ‘दुई तिहाईको हैसियतमा पुगेको आन्दोलनलाई विभाजित गराए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *