विश्वकप लिग–२ : पीएनजीले यूएईलाई ५६ रनले हरायो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी)ले यूएईलाई ५६ रनले हराएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १९० रनमा अलआउट भयो ।

यूएईका लागि आर्यन लाक्राले सर्वाधिक ५१ रन बनाए । उनले ७२ बलमा ५ चौका १ छक्का प्रहार गरे । त्यस्तै ओपनर मोहम्मद वासिमले २७ बलमा ४ चौका र ३ छ्क्कासहित ४१ रन बनाए । जवार फरिद र चन्दनगोपाल रिजवानले १९÷१९ रन बनाए । कार्तिक मेयिप्पनले १४ रन बनाउँदा रोहन मुस्तफा र आसिफ खानले ११/११ रन बनाए ।

त्यस्तै, पीएनजीका लागि रिली हेकुरले सर्वाधिक ३ विकेट लिए । ७.२ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए । त्यस्तै काबुआ मोरिया र असद भालाले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनायो ।

नेपालले आइतबार यूएई, सोमबार पीएनजी र फेरि यूएईसँग बिहीबार खेल्ने छ । नेपाल ३३ खेलमा ३४ अंक बटुल्दै पाँचौँ स्थानमा छ । तीन खेल मध्ये अब एक खेल जिते नेपालले एक दिवसीय मान्यता कायम राख्ने छ । यूएई ३३ खेलमा ३१ अंकसहित छैटौँ स्थानमा छ । पीएनजी ३४ खेलमा ११ अंककासाथ पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *