रामसहाय प्रसाद यादवविरुद्ध जनमत पार्टीले पनि गर्यो उजुरी दर्ता
मकालु खबर
२०७९ फागुन २७ गते
काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपति पदका उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता गरेको छ ।
उपराष्ट्रपतिको उम्मेदवार ममता झाले यादव विरुद्धको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेको सूचना अधिकारी अमृताकुमारी शर्माले जानकारी दिइन् ।
राष्ट्रपतिमा पुरुष खस आर्य समुदायबाट निर्वाचित भइसकेको हुनाले उपराष्ट्रपतिमा महिला हुनु पर्ने माग राखेर जनमतले यादवविरुद्ध उजुरी दिएको हो ।
यादवविरुद्ध यमीलेले पनि उजुरी दिइसकेको छ । निर्वाचन कार्यक्रमअनुसार आज (शनिबार) ६ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारविरुद्ध परेको उजुरीको आइतबार १२ बजेसम्म जाँचबुझ गरी निर्णय लिइने जानकारी दिए ।
मकालु खबर
२०७९ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित