उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी निष्क्रिय

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)की प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिमा दिएको उम्मेदवारी निष्क्रिय बनाएकी छन् । जसपाबाटै उपराष्ट्रपति उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई समर्थन गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी हुन् ।

यादवले विज्ञप्ती जारी गरेर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी हुन् ।

जारी विज्ञप्तिमा भनेकी छन्– ‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक सँधै समर्पित रहने शालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता यादव नै उप–राष्ट्रपतिका योग्य र सक्षम उम्मेदवार हुन् ।’

उनले प्राविधिक रुपमा आफ्नो नाम उम्मेदवारको अन्तिम नामावली सूचीमा रहेको भए पनि आफूले पार्टीकै उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने जनाएकी छन् ।

उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *