एमाले संसदीय दलको उपनेतामा नेम्वाङ
मकालु खबर
२०७९ फागुन २९ गते
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको उपनेतामा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेता मनोनित गरेका हुन् ।
यसअघि एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । २५ फागुनमा भएको निर्वाचनमा उनले रामचन्द्र पौडेलसँग पराजय व्यहोरेका हुन् ।
यसअघि आइतबार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलार्ला मनोनित गरेका थिए ।
मकालु खबर
२०७९ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित