बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलनरत व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ । बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीले विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

उनीहरुले पछिल्लो समय बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका थिए ।

मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा प्रधानमन्त्रीले यो गम्भीर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । प्रधानमन्त्रीले ब्याजदर घटाउन पहल गर्ने आश्वासन समेत दिएका छन् ।

व्यवसायीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए ।

उक्त धर्नामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *