प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
मकालु खबर
२०७९ चैत ५ गते
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसकेको बैठकले यस्तो निर्णय गरेको पार्टी नेता रमेश लेखकले जानकारी दिए ।
प्रधानमन्त्रीले ६ चैतमा (साेमबार) संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । बैठकले विश्वासको मत दिएर सरकारमा सहभागी हुने उनले बताए । बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्ने निर्णयसमेत गरेको उनले बताए ।
बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय समेत गरेको छ ।
त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई बधाई दिने निर्णयसमेत बैठकले गरेको उनले बताए ।
मकालु खबर
२०७९ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित