शंकरदेवमा खस्यो जम्मा ३५ प्रतिशत मत, मतदानमा उदासिन विद्यार्थी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मध्येकै पुरानो शंकरदेव क्याम्पसमा पनि स्ववियु निर्वाचन सम्पन्न भएको छ । व्यवस्थापन संकायको अध्यापन हुने यो क्याम्पसमा जम्मा ८ हजार ८ सय ४८ विद्यार्थी छन् । तर, आइतबार भएको निर्वाचनमा जम्मा ३ हजार १ सय ७७ अर्थात् जम्मा ३५ प्रतिशत मत मात्रै खसेको छ ।

शंकरदेव नजिकै रहेको पद्मकन्या क्याम्पसमा त झनै कम मत खसेको छ । उक्त क्याम्पसमा जम्मा ३२ प्रतिशत मत खसेको छ । यो आंकडाले स्ववियु निर्वाचनप्रति विद्यार्थीको उदासिनता प्रस्टै झल्किएको छ । देशमा निर्वाचन हुने, राजनीति क्षेत्र मौलाउने तर शिक्षा, स्वास्थ्य, अर्थ, रोजगार सबै क्षेत्र खस्किँदै गएका कारण आम युवा विद्यार्थीमा हुनुपर्ने जति उत्साह देखिएको छैन । त्यस्तै, कलेजमा भर्ना गरेका कतिपय विद्यार्थी विदेश पुगिसकेकोले पनि कलेजको विद्यार्थी आँकडा धेरै भए पनि भोट कम खसेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *