प्रचण्डलाई एमालेको प्रश्न– १० पुसमा किन बालुवाटारबाट बालकोट पुग्नुभो ?

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० पुसमा बालुवाटारबाट निस्किएर किन बालकोट पुगेको भन्दै प्रश्न गरेका छन् ।

प्रचण्डले संसदमा विश्वासको मत माग्दै संसदमा राखेको प्रस्तावबारे बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । प्रचण्डले कांग्रेससँगै गठबन्धन गर्नुथियाे भने प्रधानमन्त्री बन्नकै लागि एमालेसँग गठजाेठ गर्न पुग्नु गम्भीर गल्ती भएकाे उनले बताए । उनले राष्ट्रिय सहमतिकाे नाममा प्रचण्डले एमालेलाई अलग गरेर कांग्रेससँग मिलेकाे बताए । उनले एमालेका मन्त्रीहरूलाई सरकारबाट हट्न प्रचण्डले दबाब दिएकाे समेत बताए ।

‘१० पुसमा बालुवाटारबाट निस्किएर किन बालकोट पुग्नुभयो,’ उनले प्रश्न गरे, ‘प्रधानमन्त्री बन्नकै लागि २ महिनाअघि एमालेसँग पुग्ने, २ महिनापछि अर्कोदलसँग पुग्ने कार्यले फेरि अब कति महिनापछि विश्वसाको मत माग्नु पर्ने हो ?’

उनले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत दिनुपर्ने कुनै कारण नभएको र अन्य दलले पनि उनलाई विश्वासको मत दिनु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *