हाम्रो धन्दा नै सरकार बनाउने र सरकार भत्काउने भयाे : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २ महिनाभित्रै सरकारको गठबन्धनको अर्को खेल सुरु हुनु दुःखद् भएको बताएका छन् ।

‘२ महिनामै अर्को सरकार बनाउँदा जनताले के भनिरहेका होलान् हामीलाई ?,’ उनले संसदमा भने, ‘२ महिना अघि नै हामीले यस्तो छलफल गरेर सरकार बनायौँ । अहिले २ महिनापछि नै फेरि सरकार बनाउन थाल्यौँ । यसरी हामी लोकतन्त्रलाई बचाउन सक्छौँ । हाम्रो धन्दा यही भइहाल्यो । सरकार बनाउने र भत्काउने ।’

पहिलो पार्टीले सरकार बनाउनु पर्ने, पहिलोले नसके दोस्रो बनाउनु पर्नेमा हामी तेस्रो पार्टीलाई सरकारको नेतृत्व दिएको उनले बताए ।

‘आज महँगीले जनताको के हालत छ,’ उनले भने, ‘हामीले सरकार बनाउने गिराउने, एकले अर्कालाई लडाउने, खसाल्ने, उडाने र आरोप लगाउने कार्यले हामीलाई समस्या छ भनरिहेका छौँ ।’

अध्यक्ष केसीले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *