रविविरुद्ध महान्याधिवक्ता कार्यालयले राहदानी दुरुपयोगको मुद्दा नचलाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई महान्याधीवक्ताको कार्यालयले राहदानी दुरुपयोगविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

यसअघि प्रहरीले पनि उनलाई उक्त मुद्दामा ‘क्लिन चिट’ दिन सरकारी वकिल कार्यालयलाई राय दिएको थियो । आइतबार सरकारी वकिल कार्यालयले उक्त मुद्दा अघि नबढाउने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । सोमबार महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले यस्तो निर्णय गरेका हुन् ।

महान्यायाधीवक्ता कार्यालयको यो निर्णयसँगै अब उनको यो मुद्दा अदालत नपुग्ने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयले पनि उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

उनीविरुद्ध मुघा नचलाउने अन्तिम निर्णय भने महान्यायाधिवक्ताको कार्यालयले गरेको छ ।

राष्ट्रय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेमाथि नागरिकता दुरुपयोगको मुद्दा थियो । उक्त मुद्दामा अदालतको फैसलापछि उनको सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री पदसमेत गुमाएका छन् ।

उक्त नागरिकता कायम नरहेको अवस्थामा लामिछानेले सोही नागरिकताको प्रयोग गरी राहदानी लिएको भन्दै उनीमाथि प्रहरीले छानविन अघि बढाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *