भोलिबाट सरकारलाई पूर्णता दिन छलफल थालिन्छ : प्रधानमन्त्री प्रचण्ड
मकालु खबर
२०७९ चैत ६ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि सरकारलाई पूर्णता दिने विषयमा छलफल थालिने बताएका छन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र काम गर्ने विचार छ ।’
उनले अब सरकारले विकास निर्माणको कामलाई तिव्रताका साथ अघि बढाउने बताएका छन् ।
मकालु खबर
२०७९ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित