मन्त्रालय भागबण्डाबारे सहमति खाेज्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबण्डामा सहमति खोज्न र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको छ ।

बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बुधबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । तर, उक्त बैठकले पनि भागबण्डाको अन्तिम सहमति जुटाउन सकेको थिएन ।

सत्ता गठबबन्धनमा हाल १० दल छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी रहेका छन् । यी बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले आफू गठबन्धनमा नरहेको भए पनि सरकारमा जाने बताउँदै आएको छ ।

गठबन्धन बैठकले ११ पार्टीलाई समेटेर २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने छ । यसका लागि गरिने भागबन्डा गठबन्धनका लागि चुनौतीपूर्ण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *