वसन्त कुँवरलाई आईजीपी बनाउन देउवाको कसरत, प्रचण्डलाई गरे फोन
काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन कसरत थालेका छन् ।
कुँवरलाई आईजीपी बनाउन देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।
कुँवरलाई सरकारले गत साता पहिलो नम्बरमा एआईजीमा बढुवा गरेको थियो । तर, प्रचण्डले भने श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने खबर पाएपछि देउवाले ज्ञवालीलाई रोकेर बुँवरलाई आईजीपी बनाउन प्रचण्डलाई फोन गरेका स्रोतको भनाइ छ ।
सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर आईजीपी नियुक्त गर्ने तयारी गरेको छ ।
सरकारले गतसाता कुँवर, ज्ञवालीसँगै टेकप्रसाद राई, दीपक थापा र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो । यी ५ एआईजी मध्येबाटै आईजीपी नियुक्त गर्नुपर्ने छ ।