कराते महासंघको अध्यक्षमा युवराज लामा निर्विरोध
मकालु खबर
२०७९ चैत १२ गते
भरतपुर । नेपाल कराते महासंघको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन् । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, ६ उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन् ।
महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् ।
यस्तै, सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन् । -रासस
मकालु खबर
२०७९ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित