दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार ९ सय ६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख ८ हजार ६ सय ४५ कित्ता शेयर ३६ हजार ९ सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय बराबरको कारोबार भएको छ ।

आज लघुवित्त समूह १७ दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अङ्कले बढेको छ ।

आज बैंकिङ समूह तीन दशमलव १४, विकास बैंक समूह ७६ दशमलव ८७, वित्त समूह ३२ दशमलव ६३, होटल तथा पर्यटन समूह ४७ दशमलव ५० र जलविद्युत् समूह ४३ दशमलव ५२ अङ्कले बढेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ५२, उत्पादन समूह ९९ दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०८, व्यापार समूह २५ दशमलव ९९ र अन्य समूह १४ दशमलव २६ अङ्कले बढेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

हिमालय डिस्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै रू पाँच करोड ९० लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर शेयरको दुई लाख ७४ हजार दुई सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *