बारा २ मा चुनाव उठ्न माओवादी छोडेर शिवचन्द्र कुशवाहा जनतम प्रवेश

काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा)का रामसहायप्रसाद यादवका निकटम प्रतिद्वन्द्वी रहेका नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

नेता कुशवाहाले केहीबेरअघि रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आफू सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको जानकारी गराएका हुन् ।

बारा २ बाट निर्वाचित जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त स्थानको सांसद पद रिक्त भएको छ । उक्त स्थानमा १० वैशाखमा उपनिर्वाचन हुन लागेको छ । उक्त क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको समर्थनमा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रले उपेन्द्रलाई उक्त स्थान छोड्ने करिब निश्चित भएपछि कुशवाहा त्यहाँ निर्वाचनमा उम्मेदवार बन्न जनमत पार्टी प्रवेश गरेका हुन् ।

उपेन्द्र यादवलाई पराजित गरी सप्तरी २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष सीके राउतले भने उपेन्द्र यादवलाई संसद प्रवेशबाट राेक्न कुशवाहालाई पार्टीमा भित्र्याउनु उपलब्धिमूकल मानेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *