धनगढी उपमहानगरका ५४ कर्मचारीको तलब ६ महिनादेखि किन रोकियो : चित्रबहादुर केसी
मकालु खबर
२०७९ चैत १५ गते
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबाहादुर केसीले धनगढी उपमहानगरपालिकामा कार्यक्रम ५४ जना स्वास्थ्य कर्मचारीले ६ महिनादेखि तलब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘धनगढी उपमहानगरपालिकामा केन्द्रले खटाएका ५४ जना स्वास्थ्य कर्मचारी छन्,’ उनले भने, ‘उनीहरुले ६ महिना भयो तलब पाएका छैनन् । अब त्यो खटाउनेले तलब खाएर उहाँहरुलाई तलब नदिएको हो कि के हो ? कि संघीय प्रणाली भएपछि तलब नदिए पनि हुने हो कि ? ती कर्मचारीको तलब अविलम्ब निकासा होस् ।’
मकालु खबर
२०७९ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित