धनुषामा १४ लाख रुपैयाँसहित दुई जना पक्राउ 

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँ (नेपाली)सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाधामका ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँका १९ वर्षीय कृष्ण साह रहेका छन् । प्रदेश नं. २-०२-००३ प ७०४५ नम्बरको मोटरसाइकलमा जयनगरबाट जनकपुरतर्फ आउने क्रममा चेकजाँच गर्दा उनीहरूको साथबाट १४ लाख रुपैयाँ बरामद भएपछि पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठको प्रहरी‌ टोलीले उनीहरूबाट १४ लाख रुपैयाँ बरामद गरेको र स्रोत नखुलाएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *