प्रहरी प्रधान कार्यालयद्वारा दुई डीआईजीकाे सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालले दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरीय निर्णयबाट कार्यालयले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।

कार्यालयले प्रहरी अपराध अनुसन्धान निर्देशनालय नक्सालमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा गरेको छ । त्यहाँ कार्यरत डीआईजी टेकप्रसाद राईको बढुवा भएपछि जोशीलाई पठाइएको हो ।

त्यस्तै, साइबल ब्युरो भोटाहीटी काठमाडौँमा दरबन्दी रही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौँमा काजमा कार्यरत किरण राणालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *