हवाई क्षेत्र सरक्षित गराउने काम सरकारले गम्भीरतापूर्वक गरोस् : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भीर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।

कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भिरपूर्वक लिन पनि सरकारलाई सचेत गराए ।

उनले व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढि दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भीरतापूर्वक नलिएको भनी सरकारलाई प्रश्न समेत गरे ।

उनले हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरेपनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखबर जस्तै बन्नु दुखद् रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *