चुनावकाे परिणाम आएको १ वर्षपछि पोखरा १८ मा पुनः मतगणना गर्न अदालतको आदेश

पोखरा । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको परिणाम घोषणा भएको १ वर्षपछि पोखरा १८ को पुनः मतगणना गर्न उच्च अदालतले आदेश दिएको छ ।

मत गणनामा गडबडी गरिएको आरोपसहित पुनः मतगणनाको माग गर्दै वडाध्यक्षका उमेदवार पुष्कल थापाले निवेदन दिएका थिए ।

कायम मुकायम मुख्यन्यायाधीश डिल्लिराज आचार्य र न्यायाधीश रिसिराज आचार्यको संयक्त इजलासले पुन मतगणनाको आदेश दिएको हो । यो वडामा कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतअन्तरले विजयी भएका थिए ।

तिमिल्सिनाले १ हजार ६ सय ४३ मत पाउदा थापाले १ हजार ६ सय ४० मत पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *