चुनावी खर्च उठाउन स्वर्णिमले खोले छुट्टै बैंक खाता
मकालु खबर
२०७९ चैत २१ गते
पोखरा । आगामी वैशाख १० गते हुने उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले चुनावी खर्च उठाउन छुट्टै बैंक खाता खोलका छन् ।
धेरै शुभेच्छुकहरुले चुनावमा आर्थिक सहयोग गर्न इच्छा देखाएका कारण छुट्टै खाता खोलेको उनले बताए ।
निर्वाचन आयोगले उक्त क्षेत्रमा प्रत्येक उम्मेदवारलाई ३१ लाख रुपैयाँ खर्च गर्न सीमा तोकेको छ ।
चुनावमा हुने खर्च र हुने आम्दानीको पारदर्शीताका लागि छुट्टै खाता प्रयोग गर्न लागिएको वाग्लेको भनाई छ । तोकिएको सीमाभन्दा बढी रकम संकलन भए कानुनअनुसार जानकारी गराएर प्रयोग गर्ने उनले बताए ।
वाग्लेले सानिमा बैंकको खाता नम्बर फेसबुकमा सार्वजनिक गरेका छन् ।
मकालु खबर
२०७९ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित