रविविरुद्ध मुद्दामा कारणसहित अमेरिकी राहदानी त्यागेकाे निस्सा पेश गर्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलाशले राहदानी दुरुपयोग कसुर सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयका नाममा कारण देखाउन आदेश जारी गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको लामिछानेले अमेरिकी नागरिकता कायममै रहेका बेला वैधता कायम नरहेको नेपाली नागरिकताको प्रयोग गरी राहदानी लिएर दुरुपयोग गरेको भन्दै उनलाई कारवाही गर्न मागसहित युवराज सफलले आइतबार रिट निवेदन दायर गरेका थिए । सोमबार रिट निवेदन अदालतमा दर्ता भएको थियो ।
लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ताको कार्यालयलाई समेत उक्त मुद्दामा सफलले विपक्षी बनाएका थिए ।
अदालतले रविको राहदानी दुरुपेयोगसम्बन्धी मुद्दा चलाउनु नपर्ने कारणबारे महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।
अब अदालतले तोकेको समयभित्र महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण लिखित रुपमा पेश गर्नुपर्नेछ ।
महान्ययाधिवक्ता दिनमणि पोखरेलले ६ चैतमा रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
रविले अमेरिकी राहदानी त्याग गरिसकेकाे भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँबाट भए पनि झिकाएर पेश गर्न पनि आदेशमा भनिएकाे छ ।
आदेशकाे पूर्णपाठ