स्राेत नखुलेको भारतीय ५ लाख र नेपाली ५ लाख रुपैयाँसहित तीन जना नियन्त्रणमा
काठमाडाैँ । सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अगर्वाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले स्राेत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नम्बर १० गण सर्लाहीले सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ वर्षीय गान्धी साह सोनार, रुपन्देहीको साविक फरेना गाविस ६ बस्ने ३५ वर्षीय राजेश बनिया र भारत घर भई हाल पर्साकाे वीरगञ्ज महानगरपालिका १९ बस्ने १९ वर्षीय अनिल साहलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरुको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको स्राेत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो ।
नियन्त्रणमा लिएका तीनै जनालाई बरामद गरिएकाे रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जाएकाे छ ।