पहिलो हाफमा नेपालविरूद्ध भियतनामलाई ३–० गोलको अग्रता
काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि ‘एसियन क्वालिफायर्स राउन्ड १’ को छनोट खेलअन्तर्गत आज साँझ दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको खेलको पहिलो हाफमा नेपालविरुद्ध भियतनामले ३–० गोल अन्तरको अग्रता बनाएको छ ।
घरेलु टोली भियतनामका अघि फितलो देखियो ।
अर्को वर्ष हुने फिफा महिला विश्वकपमा एसियाको प्रतिधिनित्व गर्दै स्थान सुरक्षित गरिसकेको भियतनाम, फिफाको विश्व वरियताको ३३औँ स्थानमा छ । तर नेपाल भने वरियताको १००औँ स्थानमा रहेको छ ।
विश्वकप पनि खेल्ने र वरियतामा पनि माथि रहेको भियतनामसँग घरेलु मैदानमा जित आजका लागि चुनौतीपूर्ण देखिएको छ ।
नेपाल र भुटान ‘एसियन क्वालिफायर्स राउन्ड १’ को समूह सी मा रहेका छन् । यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर ती दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र बाँकी रहेका हुन् ।
डबल राउन्ड रोबिन अन्तरगत हुने यो छनोट प्रतियोगिताको दोस्रो खेल चैत्र २५ गते हुनेछ ।