बञ्चरे डाँडामा फालिएकाे अव्यवस्थित फोहोर निरीक्षण गर्न संसदीय समिति पठाऊँः सांसद पाण्डे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरे ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बञ्चरे डाँडामा व्यवस्थित रुपमा फोहोर फाल्ने भनिएपनि अव्यवस्थित रुपमा फोहोर फालिँदा झनै किचलो बन्दै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाइ एक टोली त्यहाँको निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताए ।
उनले वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर भरिएकोप्रति आपत्ति जनाए । उनले स्थानीयहरु घरमा बस्नै नसक्ने अवस्था रहेको र स्थानीहरुले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेको बताए । उनले उक्त क्षेत्र हवाइ रुट भएकाले पनि दुर्घटना निम्तिनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।
उनले भने, ‘करिव करिव २५ वर्षअघिबाट काठमाडौँ उपत्यकामा जम्मा भइरहेको फोहोर, झन्डै ५० लाख जनताले गर्ने फोहोर धादिङ र नुवाकोट जिल्लामा, धादिङको धुनीबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरे डाँडा भन्ने ठाउँमा फ्याँक्ने काम भएको छ । केही समयअघि सिसडोलमा फालिन्थ्यो, अहिले बञ्चरे डाँडामा फालिन्छ । त्यो अव्यवस्थित ढंगले फालिएको छ ।
सांसद पाण्डेले कोल्पो खोलामा फोहोर बगाउन बन्द गर्न आग्रह गरे