रास्वपा सांसद हरि ढकालले शून्य समयमा गरे ‘मौनधारण’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद हरि ढकालले प्रतिनिधि सभा बैठकको शून्य समयमा मौनधारण गरेका छन् ।

शून्य समयमा आफ्नो कुरा राख्न सभामुखले उनलाई १ मिनेटको समय दिएका थिए । उक्त समयमा उनले आफू बसेको कुर्सीबाट उठी हातमा माइक्रोफोन लिएर ‘सभामुख महोदय’ भनी सभामुखलाई सम्बोधन गरेपछि मौन बसेका हुन् ।

आफ्नो १ मिनेटको समय सकिने बेला अन्त्यमा उनले भने– ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेकोले मैले यो शून्य समयमा मौनधारण गरेँ । धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *