अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७८ प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौँ । राष्ट्रिय सभाबाट प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकले सर्वसम्मतले प्रस्तावलाई स्वीकृत गरेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताए ।
उनले सभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको विपक्षमा कोही पनि सांसद नरहेका भन्दै प्रश्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गरे ।
अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७८ माथि संशोधन पेस गर्न चाहने सांसदले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधनको सूचना विधेयक शाखा प्रतिनिधि सभामा दिन सक्ने सभामुखले बताएका छन् ।