नागरिकता विधेयकमा सहमतिको प्रयास जारी छ : मन्त्री शर्मा
मकालु खबर
२०७९ चैत २४ गते
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयकमा सहमतिको प्रयास भइरहेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरुका बीचमा सहमतिको प्रयास भइरहेको बताइन् ।
उनले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउन सरकारको प्राथमिकतामा परेपनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताइन् ।
विगतका समस्या नदोहोर्याउन सहमतिको लागि प्रयास गरिएको उनको भनाइ छ ।
उनले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वनय गर्नका लागि सरकारले आफ्ना सबै निकायहरुलाई सक्रिय पार्ने पनि बताइन् ।
मकालु खबर
२०७९ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित