एकल महिलाका सन्तानलाई मावलीको थर दिनु संविधानको मर्मविपरीत : सांसद भट्टराई
मकालु खबर
२०७९ चैत २४ गते
काठमाडौँ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनेकुरा संविधानको मर्मविपरीत भएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले आमाको नामबाट नागरिकता पाउने कुरा संविधानले नै स्वीकार गरेको अवस्थामा एकल महिलाको सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानविपरीत भएको बताइन् ।
उनले मावलीको थरबाट सन्तानलाई नागरिकता दिने कुराले आमाको अस्तित्वलाई अस्वीकार गरेको पुष्टि हुने बताए ।
संविधान र कानूनले स्थापित गरेको विषयलाई गृह मन्त्रालयको परिपत्रले खण्डन गरेको उनले बताए ।
सांसद भट्टराईले गृहले संहीता र संविधानमा उल्लेख भए अनुसार आमाको नाम, थरमा नागरिकता दिनेगरी पुनः परिपत्र गर्नुपर्ने धारणा राखे ।
मकालु खबर
२०७९ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित