विश्वपुँजीवाद र मार्क्सवादी दुनियाँ देखेर ‘मार्क्स फर्किए’
मार्क्स फर्किए, हो साँच्चिकै फर्किए । उनी आफ्ना प्रेमिका तथा पत्नीलाई सम्झेर रोए । सन्तानलाई सम्झँदै बिलौना गरे । अनि वर्तमान मार्क्सवादी दुनियाँ र विश्व पुँजीवाद देखेर भने ‘मैले त्यो बेला पुँजीवादले आफ्नो रक्षा कसरी गर्छन् भनेर बुझेको रहेनछु ।’
अमेरिकी इतिहासकार तथा वामचिन्तन हवाई जीनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’को नेपाली संस्करण ‘मार्क्स फर्किए’ थापागाउँस्थित कुञ्ज नाटकघरमा प्रदर्शन भइरहेको छ । उक्त नाटकमा मार्क्स लाई भेट्न सकिन्छ । नाटकमा सुनिल पोखरेल, निशा शर्मा, रामभजन कामत, राज न्यौपाने, सुनिसा बजगाईँ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । नाटकलाई सुनिल पोखरेल र प्रवीण खतिवडाले परिकल्पना तथा निर्देशन गरेका हुन् ।
हुन त मार्क्स आफूले व्यतीत गरेको लन्डनको सोही बस्तीमा पुग्न चाहन्थे । तर उनका प्रदर्शकको भाषिक अज्ञानताले गर्दा नेपालीको एक नाटक ‘सो’ भइरहेको हलमा आइपुग्छन् । त्यहाँ उनले आफू मरिसकेको भएपनि विश्वका हरेक संकटमा मार्क्स आइरहने र पुँजीवादको बारेमा आफ्ना उद्घोष हरदम सत्य साबित गरिरहने बताए । नाटकमा मार्क्सले पृथ्वीभन्दा माथि अन्तरिक्षमा मानिसहरू पठाएर प्रविधिको उपयोग गरेपनि पृथ्वीमा नै बसेका मानिसहरू गरिबिको रेखाबाट माथि उठ्न नसकेको बा बताए । सरकारले बाटोमा गाडी गुड्न टायल ओछ्याइएको छ गरिबहरूका लागि उपयोगी छैनन्, धनीहरूका लागि मात्र हो ।
आजभोलि हजार जना कर्मचारी मागेको कार्यालयमा लाखौँले आवेदन दिन्छन् । ती हजार जना बाहेक सबै जना बेरोजगार हुन्छन् । त्यसपछि उनीहरू मादक पदार्थको सेवन गर्छन्, धूम्रपान सेवन गर्छन् । एकअर्काको हत्या गर्छन् भनेका छन् । उनले सबैलाई हेर्दै भन्छन् ‘त्यसैले जेलखाना बनाउनु भयो होइन ?’ अहिलेका नेताहरू विश्व स्वतन्त्र उद्यमतर्फ उन्मुख भएको भनेका छन् ‘होइन उनलाई स्वतन्त्र उद्यमको इतिहास थाहा छैन ?’
उनको समयमा आइरिस चिनियाँहरू दिनको बाह्रघण्टा काम गर्थे । जाडो र गर्मीमा दिनहूँ गर्थे । तर सरकारले उनीहरूका लागि केही गरेन उनले गरिबहरूका लागि सरकारले केही नगरेको तर धनीहरूका लागि मात्र का गरेको भनेका छन् । पछि मजदुरहरू संगठित भए । उनीहरूले विद्रोह गरे । सरकारले त्यो विद्रोह दबाउन सेना परिचालन गरेको थियो ।
हो, त्यही समयमा उनले दास क्यापिटल लेखे किनकि उनले स्वतन्त्र उद्यमी व्यवस्थाको इतिहास थाहा पाएका थिए । त्यसबेला बेलायती कारखानाहरूमा कलिला नानीहरू काम गर्थे किनकि कलिला औँलाहरूले बनाएको धागो राम्रो हुन्थ्यो । कतिपय स्थानमा अहिलेपनि त्यस्तै छ । त्यसकारण दुःखी र क्रोधित हुँदै मार्क्सले भने, ‘सबै मानिसहरू मूर्ख भइसकेकी क्या हो ? कसैले इतिहास पढ्दैनन् । के पढाइन्छ अचेलका विद्यालयहरूमा ?’
अहिले मानिसहरू देशभक्तिका लागि एकअर्कालाई मारिरहेका छन् । जनताका लास थुपार्ने युद्धहरू भइरहेका छन् । त्यसैले डेढ सय वर्ष अगाडि नै भनेका थिए ‘हटाऊ यी सिमानाहरू, देशभक्ति हटाऊ, सिमाना चाहिएन, पासपोर्ट चाहिएन, भिजा चाहिएन, प्रहरी चाहिएन, झन्डा चाहिएन, राज्य नामको कृत्रिम सत्ता पनि चाहिएन । संसारभरका मजदुरहरू एक हौँ ।’
नाटकमा मार्क्सले त्यो बेला पुँजीवादले आफ्नो रक्षा कसरी गर्छ भनेर बुझ्ननसकेको भनेका छन् । अहिले मानिसहरू उद्योगहरू बचाउन युद्ध लडिरहेका छन् । मानिसहरू भोक, प्यास बिर्सेर देशभक्तिका लागि पागल भइरहेका छन् । मार्क्सले यी सबै क्रियाकलापहरू पुँजीवादको रक्षा भनेका छन् ।
मार्क्सले सन् १९४८ मा पुँजीवाद सकिन लागेको भनेपनि अबको २ सय वर्षमा सबै व्यवस्था परिवर्तन हुने भनेका छन् । उनले नाटकमा यसरी भनेका छन्, ‘पुँजीवादीलाई विश्व बजार चाहिन्छ । उसलाई बढी भन्दा बढी देशमा जानू छ । नाफा कमाउनु छ । यस्तो हुँदा सोच्दै नसोचेको विश्वसंकृतिको निर्माण हुनेछ । अहिलेभन्दा बढी सिमाना वारपार हुनेछन्, विचारहरूले सिमाना वारपार हुनेछन् ।’
पहिले उनलाई यस्तै हुन्छ लाग्थ्यो । तर अहिले आएर यस्तो हुनसक्छ भनेर भन्नुपर्ने रहेछ भनी उनी दुःखी बन्छन् । नाटकको अन्त्यमा मार्क्सले अब समाजवाद र पुँजीवादको कुरा छाडेर संसारमा थुप्रिएको सम्पत्ति कसरी मानिसहरू लाई बाँड्न सकिन्छ भन्ने तर्फ विचार गर्न भनेको छ । उनले मानिसहरूलाई आवश्यक पर्ने स्वस्थ खाना, सफा पानी, स्वच्छ वातावरण, रूख र हावा अनि औषधि उपचार र पर्याप्त आराम दिनुपर्ने बताएका छन् ।
नाटकको अन्त्यमा मार्क्सले यस्ता चिजहरू कसलाई आवश्यक छ भनेर नसोध्न भन्दै संसारका हरेक मानिस यो कुरा पाउन योग्य भएको बताउँछन् । उनले सबैभन्दा पहिले सीमान्तकृत र हेपिएका मानिसहरूलाई आवश्यक रहेको दृष्टिकोण प्रस्तुत गरेका छन् ।
हामीमध्ये कसैलेपनि काल मार्क्सलाई भेटेका छैनौँ तर जीवन्त अभिनयका साथ सुनिल पोखरेललाई ‘मार्क्स फर्किए’ नाटकमा देख्दा वास्तविक मार्क्ससँग भेट भएझैँ लाग्छ । नाटकमा हास्यरि र करूणरस समाविष्ट भएका छन् । गीतसंगीत, परिदृश्य, भाषा शैली र स्टेजसेटअपको प्रस्तुति पनि राम्रो छ । नाटकको विषयवस्तु बौद्धिक किसिमको भएकाले सजिलै बुझ्न सकिँदैन ।